नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ स्वीकृत

Advertisement

काठमाडौं । सरकारले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।

शुक्रवार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले उक्त कार्यविधि स्वीकृत भएको बताएकी हुन् । सरकारले राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गरी काम, कर्तव्य र अधिकार तोक्ने निर्णय गरेको पनि शर्माले बताइन् । 

Advertisement

जलस्रोतसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० ंसदमा प्रश्तुत गर्न स्वीकृति दिने, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० संसदमा प्रश्तुत गर्न स्वीकृति दिने निर्णय भएको छ । 

त्यस्तै सरकारले २०८१ वैशाख २९ देखि जेठ ४ सम्म बंगलादेशमा आयोजना हुने लर्निङ एक्सचेन्ज एण्ड एक्सपिरियन्स शेयरिङ भिजिटमा सहभागिताको लागि राष्ट्रिय योजना आयोगका सदस्य शिवराज अधिकारीलाई स्वीकृति प्रदान गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त सुमित्रा श्रेष्ठ अमात्यलाई मलेशियास्थित मलेसिया एन्टी करप्शन एकेडेमी (एमएसीए) मा सञ्चालन हुने ट्रेनिङ अन एन्टी कर्पोरेशन स्टडिज फर सीआईएए नेपाल अफिसर्स विषयक तालिम कार्यक्रमको अनुगमन गर्न तथा उक्त कार्यक्रमको समापन समारोहमा भाग लिन २०८१ जेठ १४ देखि १८ गतेसम्म मलेसिया भ्रमण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

साथै, सरकारले विश्व वातावरण सुविधा (जीईई) बाट विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ) मार्फत प्राप्त हुने अमेरिकी डलर ९०,२४,३१२ (करिव १ अर्ब २० करोड रुपियाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने, इण्डोनेसियाको बालीमा आयोजना हुने १० औं वल्र्ड वाटर फोरम अन्तर्गत २०८१ जेठ ७ देखि ८ गतेसम्म आयोजना हुने मन्त्रिस्तरीय बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतलाई सहभागी हुन स्वीकृति दिने, कोहलपुर–सुर्खेत–दैलेख १३२ के.भी. प्रशारण लाइन आयोजनाको टावर निर्माण गर्न सुर्खेत जिल्ला र दैलेख जिल्लामा करिव ५० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने, प्रहरी अतिरिक्त महानिरीक्षकहरू टेकप्रसाद राईलाई प्रशासन विभागमा र सुदीप गिरीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गर्ने, प्रहरी नायव महानिरीक्षकहरू उमेशराज जोशी र भीम ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने निर्णय भएको छ । 

त्यस्तै, सरकारले इजरायल घटनामा परी निधन भएका ६ जना नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पुर्याउँदा लागेको कुल खर्च रु. २८ लाख ३६ हजार ८३४ सम्बन्धित पक्षलाई भुक्तानी गर्ने, ट्रामाडोल र टपेन्टाडोल औषधिहरूका एकल वा सम्मिश्रण औषधिहरूलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ३ को खण्ड (क) को उपखण्ड ७ बमोजिम मनोद्दीपक औषधिको सूचिमा समावेश गर्ने, चीन सरकारले परराष्ट्र मन्त्रालयलाई अनुदान स्वरूप उपलब्ध गराउन प्रश्ताव गरेको ७ वटा सवारी साधन स्वीकार गर्ने, चितवन जिल्लामा निर्माणाधिन पुलको पहुँचमार्ग निर्माणको लागि करिब २०२६ वर्ग मिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि भएको छ ।

चीन सरकारले परराष्ट्र मन्त्रालयलाई अनुदान स्वरूप उपलब्ध गराउन प्रश्ताव गरेको ७ वटा सवारी साधन स्वीकार गर्ने, चितवनमा निर्माणाधिन पुलको पहुँचमार्ग निर्माणको लागि करिब २०२६ वर्ग मिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने, समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा समाज कल्याण ऐन, २०४९ को दफा ५ को उपदफा (२) बमोजिम नन्दलाल माझी, सुनसरीलाई मनोनयन गर्ने, अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने, सैनिक गट्ठाघर, भक्तपुरको लागि मध्यपुर ठिमी नगरपालिकामा करिव ७६९ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने, सेती राजमार्गअन्तर्गत डोटी जिल्लास्थित ठूलीगाड–सेती बुढीगंगा दोभान सडकखण्ड निर्माणको लागि राष्ट्रिय वनको ८० हेक्टर जग्गा प्रयोग गर्न दिन र सो जग्गामा रहेका विभिन्न प्रजातीका रुख÷पोल हटाउन स्वीकृति दिने, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३० बमोजिम विभिन्न स्थानमा घाटगद्दीमा रहेको जम्मा १,७३,०७१.७९२ के.जी. रक्तचन्दन काठ उत्पत्ति मुलुकमा फिर्ता लैजान स्वीकृति प्रदान गर्ने, अमरगढी नगरपालिकाको वसपार्क निर्माणको लागि राष्ट्रिय वनको ०.९६ हेक्टर जग्गा प्रयोग गर्न तथा सो वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका रुखविरुवा हटाउन स्वीकृति दिने, भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धरलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ ।

सरकारले लालझाडी गाउँपालिका कञ्चनपुर, सिद्धिचरण नगरपालिका ओखलढुङ्गा, गुजरा नगरपालिका रौतहट, मालिका गाउँपालिका म्याग्दी, कलैया उपमहानगरपालिका बारा, जन्तेढुङ्गा गाउँपालिका खोटाङ, दिपायल सिलगढी नगरपालिका डोटी र तुम्बेवा गाउँपालिका, पाँचथरलाई विभिन्न प्रयोजनको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने, दूरसञ्चार सेवालाई नियमित गर्ने प्रयोजनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा २० को अधिकार प्रयोग गरी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई सोही ऐनको दफा ३३ को उपदफा (४) बमोजिम पुनः अनुमतिपत्र जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने, सैनिक गट्ठाघर, भक्तपुरको लागि मध्यपुर ठिमी नगरपालिकामा करिव ७६९ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने, सेती राजमार्गअन्तर्गत डोटी जिल्लास्थित ठूलीगाड–सेती बुढीगंगा दोभान सडकखण्ड निर्माणको लागि राष्ट्रिय वनको ८० हेक्टर जग्गा प्रयोग गर्न दिन र सो जग्गामा रहेका विभिन्न प्रजातीका रुख÷पोल हटाउन स्वीकृति दिने निर्णय पनि गरेको छ । 

Advertisement

Advertisement