सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई गण्डकी मेडिकल कलेजको सेवामा छुट दिने सम्झौता

Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरबीच बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनीहरुलाई बिभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र गण्डकी मेडिकल कलेजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रविन्द्रप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।  

Advertisement

स्वास्थ चेक जाँचमा कर्मचारी तथा शेयरधनीहरुलाई १५ प्रतिशत र बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौतापत्रमा उल्लेख गरिएको छ । 

Advertisement