७१ हजारले स्थायी रूपमै छाडे देश

Advertisement

काठमाडौं । ७१ हजार मानिसले स्थायी रूपमै देश छाडेका छन् । अस्थिर राजनीति, अवसरको अभाव र चरम निराशाले देश छाड्नेको संख्या बढेको बताइएको छ । 

सन् २०२३ मा १६ लाख ३ हजार ८३६ नेपाली बिदेसिएको र ७० हजार ९१५ जना स्थायी बसोवासका लागि देश छाडेका अध्यागमन विभागको तथ्यांक छ ।  त्यस्तै, अस्थायी बसोबासका लागि गत वर्ष ९२ हजार ३४९ नेपाली बिदेसिएका हुन् । 

Advertisement

विभागको तथ्यांकअनुसार बिदेसिनेमध्ये आधाभन्दा धेरै वैदेशिक रोजगारीका लागि गएका छन् । यसरी देश छाड्नेको ८ लाख ८ हजार ४१५ छ । यसमा ८४ हजार ६०४ महिला छन् । बिदेसिनेको कुल संख्यामा वैदेशिक रोजगारी, अध्ययन, भ्रमण, तालिम, गोष्ठी आदि समेटिएको विभागले जनाएको छ । 

भ्रमण र तीर्थाटन गर्न २ लाख ४ हजार ५१८, पारिवारिक मिलनका लागि १ लाख ६७ हजार, अध्ययनका लागि १ लाख ८ हजार, तालिम÷सेमिनारमा भाग लिन २४ हजार नेपाली विदेश गएको तथ्यांकमा उल्लेख छ । त्यस्तै, श्रीमान् वा श्रीमतीसँग आश्रित भएर बिदेसिनेको संख्या पनि २० हजारभन्दा बढी छ । त्यसैगरी, उपचारका लागि १९ हजार ५०९, व्यापारका लागि १९ हजार र सरकारी औपचारिक भ्रमणमा करिब १६ हजार जना विदेश गएको विभागको तथ्यांक छ । 

रोजगारी, अध्ययन र व्यवसायको सिलसिलामा नेपालीहरू विश्वका २ सयभन्दा बढी देश र राज्यमा पुगेका छन् । 

Advertisement