डिडिसीको अनियमितता छानबिन गरी किसानको बक्यौता तिर्न चार किसान संगठनद्वारा माग

Advertisement

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) मा भएको अनियमितता छानबिन गरी किसानहरूले पाउनुपर्ने भुक्तानी दिन चार किसान संगठनले माग गरेका छन् । 

अखिल नेपाल किसान संघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले संयुक्त वक्तव्य जारी गर्दै डिडिसीले किसानको दूधको पैसा समयमा नतिरेको, उल्टै म्याद नाघेको घिउ उपभोक्तालाई बिक्री गरेको आरोप लगाएका छन् । 

Advertisement

‘संस्थान ९७ करोडभन्दा बढी घाटामा गएको, किसानको बक्यौता समयमा नतिरेको, अनियमितताका खबरहरू आइरहेकामा पछिल्लो समय डिडिसीका प्रमुख सञ्जीव झाले संस्थानको १७ करोड रुपियाँ हिनामिना र अपचलन गरेकोले त्यहाँबाट हटाई छानबिन गर्न मन्त्रायलमा तानिएको र छानबिन हुन थालेको खबरप्रति हामी चार किसान संगठनको गम्भीर ध्यानाकर्षण भएको छ,’ संयुक्त वक्तव्यमा भनिएको छ, ‘हामी डिडिसीमा भएको सम्पूर्ण अनियमितता र भ्रष्टाचारको कडाइका साथ छानबिन गरी निज प्रमुख झालगायत जिम्मेवार सबैलाई कानुनको दायरमा ल्याउन र हदैसम्मको कारबाही चलाउन जोडदार माग गर्दछौं ।’

किसानको बक्यौता रकम तत्काल उपलब्ध गराउनमा पनि संगठनले वक्तव्यमार्फत माग गरेका छन् । 

त्यस्तै, लम्पी स्किन रोगबाट गाईबस्तु गुमाएका किसानलाई तत्काल क्षतिपूर्ति दिन र त्यस्ता रोग आउन नदिन समयमै सावधानी अपनाउन पनि उनीहरुको माग छ । ‘कृषि प्रधान देशमा किसानहरु र कृषिजन्य वस्तु उपभोक्ता ठगिने र बिचौलिया तथा ठूला जिम्मेवारीमा बसेका कर्मचारी मालामाल हुने स्थितिको अन्त्य गर्ने सबै उपाय गर्न र कडा कदम चाल्न पनि हामी सरकारसँग अनुरोध गर्दछौं,’ वक्तव्यमा भनिएको छ ।

undefined 

 

Advertisement