एक हजार दरका पाँच थान नक्कली नोटसहित न्यौपाने पक्राउ

Advertisement

काठमाडौं । काठमाडौँ महानगरपालिका–१६ बालाजु माछापोखरी चोकबाट एक हजार दरको पाँच थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।

तारकेश्वर नगरपालिका–५ लोलाङ्ग बस्ने काभ्रे नमोबुद्ध नगरपालका–१० घर भएकी २५ वर्षीया मनीषा न्यौपानेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

Advertisement

उक्त चोकस्थित मेडिकलमा औषधी खरिद गर्ने क्रममा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

Advertisement