चतुर तामाङद्धारा माउन्ट एल्ब्रस १४४औं पटक सफल आरोहण

Advertisement

काठमाडौं । पर्वतारोही तथा गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) को १४४औं पटक सफल आरोहण गरेका छन् । 

उनले बिहीबार रुसी समय अनुसार बिहान ९ बजे माउन्ट एल्ब्रसको सफल आरोहण गरेका कर्पोरेट नेपाललाई जानकारी दिए ।  २०२४ को जाडो याममा माउन्ट एल्ब्रसमा उनले पहिलो पाइला टेक्न सफल भएका हुन् । 

Advertisement

लामो समयदेखि रुसमा रहेर माउन्ट एल्ब्रसमा गाइडको काम गर्दै आएका उनले २००२ देखि एल्ब्रस चढ्न थालेका हुन् । तामाङले दुई सय पटक माउन्ट एल्ब्रस चढ्ने लक्ष्य लिएका छन् । 

उनले हालसम्म सगरमाथा, ल्होत्से, कञ्चनजंघा, चो ओयु, मनास्लु, अमादब्लम, बरुन्ट्से, आइसल्यान्ड पिक, मेरा पिक लगायत हिमालहरुको सफल आरोहण गरेका छन् ।

Advertisement