सन् १९७० मा नाम्चेमा एउटा मात्रै लज रहेकोमा अहिले सो क्षेत्रमा छ सय होटल, लज, होमस्टे

Advertisement

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न विश्वभरबाट ठूलो संख्यामा विदेशी तथा नेपाली आरोहीहरु आउने गर्छन् । कोही हिमाल आरोहणको लागि आउँछन् भने कोही सगरमाथा आधार शिविरसम्मको पदयात्राको लागि आउने गर्छन् । 

सगरमाथा आधार शिविरसम्मको पदयात्रा गर्न १२ दिन लाग्छ । आरोहणको लागि होस् या पदयात्राको लागि विदेशी तथा आन्तरिक पर्यटकहरु ‘हाइ’ (लेक लाग्नु)को सामना गर्दै, जोखिम मोल्दै अघि बढ्छन् । 

Advertisement

उनीहरुलाई विभिन्न ठाउँमा बस्नको लागि पर्यटन व्यवसायीहरुले होटल, लज, होमस्टे सञ्चालनमा ल्याएका छन् । अहिले सगरमाथा क्षेत्रमा करिब छ सयभन्दा बढी स्तरीय होटल, लज, होमस्टे सञ्चालनमा रहेको छ । 

सगरमाथा क्षेत्रमा अहिले स्तरीय होटल, लज, होमस्टेहरुको संख्या बढ्दो क्रममा छ । सन् १९७० मा नाम्चेमा मात्र एउटा लज थियो । तर, अहिले सगरमाथा क्षेत्रमा स्तरीय होटल, लज, होमस्टेहरुको संख्या बढेको पर्यटन व्यवसायी तथा नेपाल पर्वतारोहण संघका प्रमुख सल्लाहकार आङ छिरिङ शेर्पा बताउँछन् । 

उनका अनुसार सगरमाथा राष्ट्रिय निकुञ्जमा मात्र छ सय भन्दा बढी स्तरीय होटल, लज, होमस्टे रहेको छ भने खुम्बु गाउँपालिकाभित्र एक हजारभन्दा बढी होटल, लज, होमस्टे रहेका छन् । 

शेर्पाले भने, ‘म १९६३ देखि नै पर्यटन क्षेत्रमा आवद्ध छु । मेरो ६० वर्षको अनुभवमा सगरमाथा क्षेत्रमा हाल स्तरीय होटल, लजको संख्या वृद्धि हुने क्रममा रहेको छ ।’ सगरमाथा क्षेत्रमा सुविधा सम्पन्न होटल, लज, होमस्टेको निर्माण गर्न अन्य ठाउँमा जस्तो सजिलो नभएको उनले बताए । शेर्पाले त्यस क्षेत्रमा सामानहरु लैजान पनि त्यति सजिलो छैन् र होटल, लज, होमस्टे सञ्चालन गर्न पनि चुनौति रहेको बताए । 

Advertisement