डिजाइन नै असफल रहेको मेलम्चीको पानी वर्षैभरी खुवाउने प्रधानमन्त्रीको झुटो आवश्वासन

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उपत्यकावासीलाई मेलम्चीको खानेपानी वर्षभर नै उपलब्ध गराउने झुटो आश्वासन दिएका छन्  । उक्त आयोजनाको डिजाइन नै असफल रहेकाले नयाँ डिजाइनमा मुहानमा इन्टेक तयार गर्नुपर्ने विज्ञहरुले सुझाव दिइरहेको बेला प्रधानमन्त्री दाहालले उपत्यकावासीलाई दाहालले फेरि झुटो आश्वासन दिएका हुन् । 

एशियाली विकास बैंकको डिजाइन, ऋण लगानी तथा उसैले छनौट गरेको निर्माण कम्पनीले निर्माण गरेको मेलम्चीको मुहान साढे दुई बर्षअघि बर्खामा आएको ठूलो बाढीले क्षतिग्रस्त भएको थियो । मुहानमा बाँधमा ठूलो क्षति भएपछि डिजाइन नै असफल रहेकोले यस्तो क्षति हुन पुगेको भन्दै विज्ञहरुले यसमा एडीबीले माझी माग्दै आयोजनाका लागि उपलब्ध गराएको ऋण अनुदानमा बदल्नुपर्ने सुझाव दिँदै आएका छन् । 

Advertisement

मुहानभन्दा मािथ ढुंगा र बालुवाको निकै ठूलो थुप्रो जम्मा भएकोले कुनै पनि दिन बाढी पहिरो आउँदो इन्टेकमा क्षति पुग्नसक्ने सामान्य कुरालाई पनि विचार नगरी संचरना बनाएका कारण हरेक बर्ष बाढीले मुहानमा क्षति पुर्याउने जोखिम धेरै रहेको, सोही कारण देखाउँदै महिनौसम्म आयोजनाले पानी आपूर्ति बन्द गर्नुपर्ने बाध्यता रहेको भन्दै विज्ञहरुले दशकौं लगाएर दुई गुनाभन्दा बढी लागतमा निर्माण गरिएको आयोजना असफल हुँदा काठमाडौं उपत्यकावासीमाथि धोखा भएको बताएका छन् । पूरानो डिजाइन असफल भएपछि एडीबीले हाल रहेको मुहानभन्दा केही माथि अर्को मुहान निर्माण गर्नेबारे अध्ययन गरे पनि सोको प्रतिवेदन भने सार्वजनिक गरेको छैन् । 

आज (सोमबार) सिंहदरबार परिसरमा प्रधानमन्त्री दाहालले मेलम्चीको पानीको पाँचौं पटक उदघाटन गर्ने क्रममा मेलम्ची आयोजनाअन्तर्गत हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि १२ महिना नै सञ्चालन गर्नेगरी व्यवस्था मिलाउन निर्देशन दिए । उनले काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको जिकिर गरे । 

दाहालले मेलम्चीको पानी पथान्तरण कार्यलाई दिगो बनाउने कार्य छिटै सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्य समेत निश्चित कार्ययोजना बनाइ अघि बढाइने बताउँदै
दाहालले सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौं उपत्यकामा नयाँ वितरण प्रणाली र फोहोर पानी प्रशोधन प्रणाली समेत विकास गरिने बताए । केही वर्ष भित्रमा अर्को चरणमा काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिणामको खानेपानी सेवा चौबिसै घण्टा उपभोक्ता सदस्यहरुको धारामा उपलब्ध गराउने व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायलाई उनले अर्को निर्देशन दिए । 

मेलम्ची असफलता र ऋणलाई अनुदानमा बदल्ने कुरामा एडीबीको मौनता

मेलम्चीको भविश्य अन्योलमा पर्नुमा सरकार र एडीबी दुवै जिम्मेवार छन्ः डा. अधिकारी

मेलम्चीमा एडीबी पूर्णरुपमा असफल भयो, उसले सबै ऋण अनुदानमा बदल्नुपर्छः डा. काफ्ले

Advertisement

Advertisement