राशिफलः आज (माघ १) तपाइँको पेशा, व्यावसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल माघ महिनाको १ गते आइतबार, पौष शुक्लपक्षको चतुर्थी तिथि । आज माघ संक्रान्ति, अर्थात माघ महिना आरम्भ । आजबाट उत्तरायण आरम्भ । विभिन्न तीर्थहरुमा मकर स्नान आरम्भ । आज घ्यू, चाकु, खिचडी आदी परिकार खाने प्रचलन रहेको छ । साथै आज थारु समुदायको माघी पर्व । 

मेष
पेशागत करियरमा पदोन्नति तथा कदर प्राप्त हुने छ । कार्य मुल्यांकनमा सन्तोषजनक समय रहेको छ । पेशागत जीवनमा प्राप्त हुने प्रतिफलले भाग्य निर्माण गर्ने छ । भाग्यको बलियो साथ रहेकाले बोलीको प्रभाव बढ्न जाने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । नकारात्मक सपनाले भने धेरै सताउने छ । 

Advertisement

वृष
कर्मप्रति विभिन्न लक्ष्यहरुका बारेमा मनमा चिन्तन आउने छन् । पेशागत जीवनमा सकारात्मक प्रगतिहरु हासिल हुने छन् । नरम र लचिलो प्रकृतिको व्यक्तित्व हुँदा सबैसँग मिलनसार बानी हुनेछ । परिवारको साथले गर्दा व्यक्तित्वमा दृढता आउने छ भने मनमा पनि सन्तोष उत्पन्न हुने छ । मनमा केही हिनताबोध आइरहने छ । 

मिथुन 
परिवारमा सुमधुर सम्बन्ध देखा पर्ने छ । पेशागत जीवनमा प्राप्त हुने प्रतिफलबाट व्यक्तित्वको ख्याति बढ्ने छ । तर आम्दानी भने सोचे जस्तो नहुँदा प्राप्त ख्याति धान्न मुस्किल पर्न जाने छ । व्यक्तित्व दृढ खालको हुने भएकाले अरुले हेप्न सक्ने छैनन् । घर घडेरी तथा जग्गा जमिन क्षेत्रबाट फाइदा प्राप्त हुने छ । 

कर्कट
निर्णय क्षमतामा गिरावट आउने छ । पेशागत जीवनमा द्वन्दात्मक वातावरण आउने छ । प्रतिष्पर्धात्मक स्वाभाव कायम हुने भएकाले अरुले हेप्ने छैनन् । तर उल्झनहरुको भने सामना गरेरै अघि बढ्नु पर्ने बाध्यात्मक अवस्था आउने छ । साझेदारमा गरिएका कामहरु नतिजामुखि बन्ने छ । बोलीमा आउने रुखोपनाले जीवनमा कठिनाई निम्त्याउने छ । 

सिंह
प्रेममा सफलता मिल्ने छ । पेशागत जीवनमा उत्तनि तथा प्रगतिका परिणामहरु आउने छन् । जसले मनमा सन्तोष उत्पन्न गराई दिने छ । आम्दानीमा पनि बृद्धि हुने छ । रिस भने कडा खालको हुने भएकाले यसको नियन्त्रणमा संयमित रहनु नै उपयुक्त हुने छ । बोली भने नरम हुने हुँदा अरुलाई नबिझाउने खालको हुने छ । 

कन्या
बोलीको प्रभावकारितामा कमी आउने छ । जीवनसाथिको सल्लाह बमोजिम कदम चालेमा पेशागत जीवनलाई स्थिर बनाउन ठुलो मद्धत मिल्ने छ । अध्ययन अध्यापनमा सुस्ताता आउने छ । सामाजिक सोचाई भएको व्यक्तित्व बन्ने छ । मनमा चञ्चलताका क्रम निकै धेरै आउने हुँदा अस्थिरताको क्रम रहने छ । 

तुला
पेशागत जीवनमा विशेष लाभ मिल्ने छ । कमाईमा पनि बृद्धि हुने छ । राम्रो परिणामहरु आउँदाआउँदै पनि मनमा भने सन्तोषको अभाव रहीरहने छ । मन नियन्त्रणमा हरदम प्रयास गर्नुहोला । व्यावसायीको हकमा धेरै जोखिम भन्दा निरन्तरतामा जोड दिँदा उचित हुने छ । धर्म–अध्यात्ममा मन प्रफुल्लित हुने छ । 

वृश्चिक
व्यक्तित्वमा शिथिलता देखा पर्न जानेछ । भाग्यहिनताको अवस्थाले गर्दा उन्नति तथा प्रगतिका क्रमहरुमा ब्यवधानहरु आउने हुँदा मनमा निराशा छाउने छ । पेशागत जीवनमा चुनौतिपूर्ण समय सक्रिय रहेकाले निकै धैर्यतासाथ व्यवहार गर्नु नै उचित हुने छ । कमाईको मात्रामा हुने बृद्धिले केही राहत प्रदान गर्ने छ । दाम्पत्य जीवनमा कटुताका क्रमहरु रहने छन् । 

धनु 
कामको शिलशिलामा यात्रारत रहनु पर्ने हुन्छ । पेशागत  जीवन सकारात्मक रहने छ । उचित कार्य मुल्यांकन हुने छ भने थप जिम्मेबारी प्राप्त हुनेछ । व्यावसायमा संलग्नहरुका लागि पनि नाफामा बृद्धि हुने र आम्दानीमा बढोत्तरी हुन जाने छ । बोलीमा रुखोपना आउने भएकाले संयमित रहनु होला । नयाँ नयाँ क्षेत्रमा हात हाल्न उत्साह र उमङ्ग तथा जोश आउने छ । 

मकर 
आम्दानीको अंश अनुत्पादक क्षेत्रमा गाडिन जाने चुनौति देखिएकाले निकै सोच विचार गरेर मात्र आम्दानीको प्रयोग गर्नु उचित हुने छ । दृढ खालको व्यक्तित्व हुने हुँदा अरुले हेप्न सक्ने छैनन् । पेशागत जीवन औसत खालको रहने छ । कतिपय सन्दर्भमा अत्याधिक कडाखालको सोच देखिने भएकाले यस्ता विषयमा लचक रहनु व्यावहारिक हुने छ । झुटा आरोपहरु खेप्नु पर्ने छ । 

कुम्भ 
पेशागत क्षेत्र शुभ नै रहने छ भने कमाईको मात्रामा पनि बढोत्तरी हुन जाने छ । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्ने भएकाले सतर्कतापूर्वक पाइला चाल्नु होला । आफ्नो सपना र लक्ष्य पुरा गर्नका लागि समर्पित हुने तथा क्रियाशिल रहने व्यक्तित्व हुने हुँदा अरुले पनि कदर गर्ने छन् । 

मीन
धेरै बोल्ने भन्दा सुन्ने गर्नाले शुभ हुने छ । पेशागत जीवनमा अवरोधहरुको सामना गर्नु पर्ने छ भने आरोप प्रत्यारोपको पनि सामना गर्नुपर्ने भएकाले धैर्यतापूर्वक पाइलाहरु चाल्नु होला । मनमा दुविधाको मात्रा अत्याधिक आउँदा निर्णय क्षमतामा कमि आउने छ । व्यक्तित्व भने दृढ प्रकृतिको हुँदाहुँदै पनि बौद्धिकताको अभावले गर्दा सामाजिक प्रतिष्ठामा आँच आउने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement