नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि  १४ जनाको आवेदन

Advertisement

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि १४ जनाले आवेदन दिएका छन् । उक्त पदका लागि पुस २९ गतेसम्म आवेदन दिन सकिने गरि दरखास्त आह्वान गरिएको थियो । 

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले मंसिर २७ गतेबाट लागु हुने गरी राजीनामा दिएपछि उक्त पद रिक्त छ । 

Advertisement

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कार्यकारी निर्देशकको लागि महोत्तरीका कमलेन्द्रलाल कर्ण, काठमाडौँका उत्तरकुमार रेग्मी, चितवनका डा. डोलप्रसाद चापागाई, टोखाका सहदेव चन्द, मोरंगका पंकजकुमार दास, धनुषाका रामदेव यादव, सप्तरीका संजिवकुमार देव, काठमाडौँका दिलिप शेखर श्रेष्ठ, मोरङका माधव रेग्मी, गोरखाका चण्डिका प्रसाद भट्ट, दाङका बसन्त कुमार पाण्डे, बाग्लुंगका डोलिन्द्र प्रसाद शर्मा, ललितपुरका शत्रुध्नप्रसाद पुडासैनी र मोरङका आमोद प्रसाद चौधरीले आवेदन दिएका हुन् ।  

आवेदन दिएकाहरुको अन्तरवार्ता र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण ३ जनाको नाम मन्त्रिपरिषद्मा पेस गरिने र मन्त्रिपरिषदले एक जनालाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्नेछ  । 

Advertisement