नेपाल टेलिकम र महालक्ष्मी विकास बैंकको लाभांश सीधै सेयरधनीको खातामा

Advertisement

काठमाडौं । नेपाल टेलिकम र महालक्ष्मी विकास बैंकले सीधै सेयरधनीको खातामा लाभांश जम्मा गरेका छन् । 

टेलिकमको पुस २९ मा सम्पन्न १६औं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश आज माघ २ गतेदेखि सेयरधनीको अद्यावधिक बैंक खातामा जम्मा गर्ने बताइएको छ । 

Advertisement

मर्जरपछि गाभिने बैंक तथा वित्तीय संस्थाको खाता नम्बर रहेका सेयरधनीको खाता नम्बर परिवर्तन हुने हुँदा परिवर्तित नयाँ खाता नम्बर अद्यावधिक गराउन पनि कम्पनीले आग्रह गरेको छ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीले भने ‘नो अब्जेक्सन लेटर’ वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ । कम्पनीको सेयर रजिस्ट्रार एनएमबि क्यापिटल रहेको छ ।

यता महालक्ष्मी विकास बैंकले पनि सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको जनाएको छ । पुस २८ गते सम्पन्न २२औं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९÷८० को नाफाबाट सेयरधनीलाई ६.४० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको थियो । 

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीलाई तत्काल अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ । साथै डिम्याट नगराएका सेयरधनीले डिम्याट खोली अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने बैंकको जनाएको छ ।

नगद लाभांश बैंक खातामा नगएका सेयरधनीले सेयर रजिस्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीले ‘नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ ।

Advertisement