भ्रष्टाचारको आरोप लागेपछि महानिर्देशक गौतमको सरुवा, कोइरालालाई जिम्मेवारी

Advertisement

काठमाडौं । उद्योग विभागका महानिर्देशक बाबुराम गौतमको सरुवा भएको छ । महत्वकाँक्षी सहसचिव गौतमले विवादित काम गर्न थालेपछि सरुवा गरिएको हो । 

गौतम महानिर्देशक बनेपछि अवैध लगानीलाई वैध बनाउन र सुपारी उद्योगको क्षमता बढाउन लागि परेका थिए । व्यावसायीहरुसँग गोप्य वार्ता गर्दै कुरा मिल्ने व्यावसमयीको मात्रै फाइल अघि बढाउने काम महानिर्देशक गौतमले गरेका थिए। यस्तै अवैध लगानीलाई खरिद बिक्रीको अनुमति समेत दिएका थिए । 

Advertisement

विभागका महानिर्देशक औद्योगिक लगानी प्रर्वर्द्धन बोर्डको सदस्य सचिव हुने व्यावस्था छ । बोर्डमा एजेण्डाको रुपमा विभागले प्रस्ताव पेश गर्ने गर्दछ । तर यसरी हुने प्रस्तावमा विवादित निर्णय मात्र लैजान थालेपछि बोर्डका सदस्यहरुले असहमति जनाउनुका साथै हस्ताक्षर समेत गर्न छाडेका छन् । 

गौतम ठूला करदाता कार्यालय प्रमुख रहँदा अनुचित लाभ लिने गरेको आरोप लाग्ने गरेको छ । 

विभागमा निकै महत्वकाँक्षा देखाएपछि गौतमको सरुवा गरिएको हो । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले बुधबार गौतमको सरुवा गरेको हो । विभाग महानिर्देशकको जिम्मेवारीमा मन्त्रालयका सहसचिव यज्ञराज कोइरालालाई जिम्मेवारी दिइएको छ। 

Advertisement