भन्सारले समात्यो आधा किलो सुन

Advertisement

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधा किलो सुन समातेको छ । कतारको दोहाबाट नेपाल फर्किएका एक व्यक्तिसँग सुन भेटिएको हो । 

विमानस्थल भन्सार कार्यालयका अनुसार झापाका खगेन्द्र दर्जीलाई पक्राउ गरेको हो । दर्जीले लुकाई छिपाई अर्ध ठोस बनाएर सुन ल्याएका थिए । 

Advertisement

पछिल्लो समय सुन आयातमा गिरावट आएको छ । सुनमा लाग्ने भन्सार वृद्धि गरेर सरकारले सुराकी खर्च बढाएको छ । सुन आयातका लागि दैनिक १० किलोको कोटालाई बढाएर २० बनाएता पनि सुनको आयात बढ्न सकेको छैन । 

Advertisement