आठ हजार घुस लिँदा प्रहरी सहायक निरीक्षक सिंहको जागिर चट !

Advertisement

काठमाडौं । आठ हजार घुस खादा प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारीको जागिर गएको छ । घुस लिएको आरोपमा प्रहरी चौकी खडैचा, बाँकेमा कार्यरत भण्डारीको जागिर गएको हो ।

भण्डारीले कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस–रिसवत माग मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेको छ । 

Advertisement

विशेष सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले भण्डारीलाई सेवाग्राहीबाट रु. ८ हजार घुसररिसवत लिइसकेको अवस्थामा २०८० पुस २५ गते नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा भण्डारीले सेवाग्राहीसँग घुस–रिसवत वापत ८ अजार माग गरी लिइएको पुष्टि भएको आयोगको दाबी छ ।

भण्डारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ८ हजार रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवानाको सजाय समेत हुन मागदावी लिई बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । 

Advertisement

Advertisement