नाडा र एशियाली विकास बैंकका पदाधिकारीहरुबीच छलफल

Advertisement

काठमाडौं । नाडाको सचिवालय टेकुमा नाडा र एशियाली विकास बैंक पदाधिकारीहरुबीच विभिन्न विषयहरुमा छलफल भएको छ । 

नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा बसेको सो छलफलमा खासगरी नेपालमा अटोमोवाइल बजारको सम्भाव्यता, विद्युतीय सवारी साधनहरुको व्यवसायमा देखिएका चुनौतीहरु र त्यसका विषयमा पाठयक्रम बनाई कसरी अगाडि बढ्ने भन्ने विषयमा अर्को पटक छलफल गर्ने तय समेत गरियो । 

Advertisement

बैठकमा सो प्रोजेक्टकातर्फबाट डा.सुमित पोखरेल, चन्दन सापकोटा रुपक शर्मा तथा कृष्ण पाठकको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया र सहकोषाध्यक्ष पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो । 

Advertisement