विश्वचर्चित डीजे विनाई काठमाडौंमा, अरु पनि ल्याउँदैछौंः श्रेष्ठ

Advertisement

काठमाडौं । विश्व चर्चित डीजे विनाई छ दिने भ्रमणका लागि काठमाडौं आएर विभिन्न स्थानको भ्रमणर गतिविधिमा सामेल भएका उनीहरु माघ ११ गते आइपुगेको ठमेलस्थित एलओडी क्लब कार्यकारी अध्यक्ष रुदिप श्रेष्ठले जानकारी दिए ।

उनीहरुले क्लबमा आफ्नो प्रस्तुती पनि दिएको उनले बताए ।  विनाईलाई आफूहरुले नेपाल ल्याएको बताउँदै श्रेष्ठले नेपाल घुम्न पनि इच्छा गरेकाले आफूहरुले ल्याएको बताए । 
 
उनले भने, ‘नेपाल घुम्न र एलओडी क्लबमा एक रात प्रस्तुती गर्ने हिसाबले ल्याएका हौं । उनीहरुले विदेशतिर ठूल–ठूलो कार्यक्रममा प्रस्तुती दिँदै आएको छन् । निकै प्रख्यात पनि छन् ।’ विश्वका सय डीजेहरुमध्ये ५१ स्थानमा पर्ने विनाईको सामाजिक सञ्जालमा पनि राम्रो फोलोअर छन् । 

Advertisement

उनीहरुको नेपाल बसाइमा ठमेल, बौद्धनाथ स्तुपा, स्वयम्भू, बसन्तपुर घुमेका छन् । उनीहरु हेलिकपटरमा गोसाइकुण्ड जाने योजना समेत रहेको श्रेष्ठले जानकारी दिए । क्लबबारे प्रक्रिया दिँदै विनाईले ‘हामीले कति ठाउँमा प्रस्तुती दिइसक्यौं । यो खालको क्लब चाहिँ विश्वव्यापी रुपमा पनि कम छ । अरु ठाउँमा पनि यति ठूलो क्लब छैन्’ भनेको उनले जानकारी दिए । 

श्रेष्ठले थपे,  ‘अब अझै डीजेहरु आउने कममा छन् । यही फेब्रुअरी १४ मा पनि चर्चित डीजे टपिक आउँर्दै छन । आउँदो अप्रिल ६ मा डीजे मेडुजाले एलओडी क्लबमा आफनो प्रस्तुती दिने योजना छ ।’ 

एलओडी क्लब विश्वको ४९औं उत्कृष्ट क्लबमा पर्न सफल क्लब हो । यसमा विदेशी कलाकारहरु आउँदा उनीहरुले पनि आफ्नो सामाजिक सञ्जालमार्फत पनि आफ्ना गतिविधिहरु पोस्ट गर्ने र नेपालको प्रचार गर्ने श्रेष्ठले बताए । 

Advertisement