हुन्डाई एक्सटरको बुकिङ खुल्ला, मूल्य कति ?

Advertisement

काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहुप्रतीक्षित एसयूभी एक्सटरको बूकिङ आज देखी खुल्ला गरेको छ । गत भदौमा सम्पन्न नाडा अटो शोमा सो गाडी प्रदर्शन गरिएको थियो ।  

हुन्डाई एक्सटर ५ सिटर एसयूभी कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयूभी हो, जुन हुण्डाई भेन्यू भन्दा अघी रहने छ । आकर्षक बनोट र बिभिन्न फिचरले एक्सटरलाई एक बिशेष एसयूभी बनाएको छ ।  

Advertisement

६ कलर अप्सनमा आउने एक्सटर नेपालमा ई, एस र एसएक्स गरी तीन भेरियन्ट मा उपलब्ध हुनेछ जस्को मुल्य क्रमश: रु. ३४,९६०००/–, ४०,९६,०००/– र ४४,९६,०००/– हुनेछ । 

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १७ शोरुम तथा १९ सर्भिस सेन्टर र ४५ ं चार्जिङ पोइन्टहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । 

Advertisement

Advertisement