चितवनबाट हेटौँडातर्फ जाँदै गरेको ट्रकले ठक्कर दिँदा मोटरसाइलक चालकको मृत्यु

Advertisement

काठमाडौं । पूर्व–पश्चिमअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित सुनादेवी मन्दिरअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

चितवनबाट हेटौँडातर्फ जाँदै गरेको ना ७ ख १७९६ नं को ट्रकले विपरीत दिशाबाट आएको बागमती प्र.०६ ००१ प ४५३७ नं को मोटरसाइकललाई ठक्कर दिँदा हुँदा मोटरसाइकलको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवन जिल्ला माडी नगरपालिका १२ का वर्ष २० का कोरेस चेपाङ रहेका छन् । 

Advertisement

ट्रकले मोटरसाइकललाई ठक्कर दिएर दुर्घटनामा परी घाइते भएका चेपाङलाई पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको थियो । तर, त्यहाँ डाक्टरले मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

ट्रकचालक र ट्रक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।

Advertisement