राशिफलः आज (माघ २२) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल माघ महिनाको २२ गते सोमबार, माघ कृष्णपक्षको दशमी तिथि ।

मेष 
वित्तिय अवस्था बृद्धिका लागि दृढ इच्छाशक्ति बृद्धि हुने छ । जीवनसाथिको सल्लाहमा काम गरेमा अझ फाइदा मिल्ने छ । दृढ खालको व्यक्तित्व हुँदाहुँदै पनि रिस भने चर्काे हुने हुँदा कामहरु बिग्रिन पुग्ने भएकाले संयमित रहनु होला । नाता कुटुम्बमा तनावपूर्ण वातावरण हुने छ । शेयर क्षेत्रमा लाभ मिल्ने छ । 

Advertisement

वृष
मेहनती स्वाभावले गर्दा कर्मशिलता बृद्धि हुने छ । यसले पारीवारिक जीवनमा खुशीयाली ल्याउने छ । बोलीमा नरमपना आउने छ । मनमा भने केही उत्साह तथा उमङ्गको कमि जस्तो देखिने छ । व्यवस्थापकीय क्षमतामा कमि आउँदा कार्यस्थलमा प्रदर्शन कम हुन जाने छ । शेयर क्षेत्रबाट आंशिक लाभ मिल्ने छ । 

मिथुन 
शारीरिक थकानले असाध्यै सताउने छ । मनोबल पनि कमजोर हुने हुँदा जोश र जाँगरको कमि हुने छ । साझेदारीमा गरिएका कामहरुमा बिबाद र द्वन्द देखिने छ । सम्पत्ति तथा सञ्चित रहेको धन सम्पत्तिामा नोक्सानी हुने समय देखिएकाले सतर्क रहनु होला । मित्रहरुबाट धोकाको चुनौति देखिन्छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छैन् । 

कर्कट
भाग्यको साथ रहेको छ । आम्दानीमा बृद्धि हुन जाने छ । पेशागत जीवनमा उन्नति प्रगतिको क्षण आउने छ । व्यावसायिक लगानीका विषयमा भने धैर्य भएर निर्णय लिनुपर्ने देखिन्छ । जोखिमका क्षेत्रमा सक्रियहरुले अरुलाई छिट्टै विश्वास गर्नु भन्दा तौलेर मात्र विश्वास गर्नु होला । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

सिंह
आर्थिक नोक्सानी व्योहर्नु पर्ने छ । धन सम्पत्तिको विषयमा मुद्धा मामिला खेप्नु पर्ने समय रहेको छ । पारीवारिक जीवनमा द्वन्द देखा पर्न जाने छ । मनमा दुविधा धेरै आउँदा निर्णय क्षमतामा कमि आउने छ । पेशागत जीवन भने शुभ रहने भएकाले सन्तोष मिल्ने छ । शेयर क्षेत्र जोखिमपूर्ण हुने छ । 

कन्या
बौद्धिकतामा सुधार आउने छ । सामाजिक जीवनमा मानसम्मान प्राप्त हुने छ । अरुबाट मानसम्मान प्राप्त हुने छ । तर मनमा कताकता घमण्डि विचारले गर्दा असन्तोषको भावना भइरहने छ । प्रतिष्पर्धात्मक स्वाभाव कायम रहने छ । पेशागत जीवनमा शुभ समाचार मिल्ने छ । दाम्पत्य जीवनमा बादबिबादको क्रम देखा पर्ने छ । शेयर बजाबाट भने लाभ मिल्ने छैन् । 

तुला
उत्साह र उमङ्गको लहर आउने छ । परिवारका सदस्यहरु बीच समन्वयात्मक वातावरण रहने छ । बोलीमा कडापन आउँदा यसले द्वन्द निम्त्याउने चुनौति देखिन्छ । रचनात्मक विचारले गर्दा अरुको कदर मिल्ने छ । धार्मिक आध्यातिमक गतिबिधिमा मन लाग्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

वृश्चिक
मेहनत र पराक्रमी स्वाभावमा बृद्धि हुने छ । पेशागत जीवनमा प्रगतिको वातावरण बन्ने छ । आम्दानीमा पनि बृद्धि हुँदा आर्थिक क्षेत्रमा मनोबल बढ्न जाने छ । सामाजिक जीवनमा भने केही बदनामी खेप्नु पर्ने चुनौति भएकाले सतर्क रहनु नै उत्तम हुने छ । शेयर बजारमा लाभ मिल्ने छ । 

धनु 
पेशागत जीवनमा कदर र उन्नति हुने छ । साथै मनमा पेशाप्रति प्रतिबद्ध हुन मन लाग्ने छ । साझेदारीमा गरिएका काममा भने द्वन्द चर्किने जाने छ । शारीरिक सुखको अभाव हुने छ । रोग व्याधीका विषयमा सतर्क रहनु होला । प्राप्त भइरहेको सुख सयलका पक्षहरु गुम्ने चुनौति रहेको छ । शेयर क्षेत्रबाट लाभ मिल्न कठिन हुने छ । 

मकर 
दाम्पत्य जीवनमा जीवनसाथिको प्यारले उत्साह आउने छ । प्रेम तथा रोमान्समा सफलता मिल्ने छ । दृढ खालको व्यक्तित्व हुने छ । पेशागत जीवनबाट लाभ मिल्ने छ भने आर्थिक रुपमा पनि सवल वातावरण रहने छ । यात्रामा सहभागि हुने अवसर मिल्ने छ । भोज भतेरको अवसर मिल्ने छ । शेयर बजार औसत रहने छ ।  

कुम्भ 
धैर्यता गुम्ने छ । पारीवारिक जीवन सामान्यतया सकारात्मक रहने छ । साझेदारमिा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । शरीरमा धेरै थकाई लाग्ने छ भने मनमा दुविधा धेरै आउने छ । पेशागत जीवनमा मौन रहनु नै उपयुक्त हुने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छैन् । 

मीन
मनमा सकारात्मक भन्दा नकारात्मक विचार असाध्यै आउने छ । भाग्यहिनताको अभाष हुँदा आफै प्रति निराशाजनक विचार आउने छ । पेशागत जीवनमा अन्यौलता उत्पन्न हुने छ । दाम्पत्य जीवनमा द्वन्द हुने छ । पारीवारिक सदस्यहरुका बीचमा झैझगडा हुने छ । शेयर क्षेत्र औसत रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement