हिमालयन लाइफको अध्यक्षमा शुलभ अग्रवाल चयन

Advertisement

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको अध्यक्ष शुलभ अग्रवाल चयन भएका छन् । 

हिजो बसेको सञ्चालक समितिको बैठकले अग्रवाललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्ने निर्णय गरेको कम्पनी सचिव ईश्वरकुमार सेडाईले जनाएका छन् । 

Advertisement

कम्पनीको हालै सम्पन्न साधारण सभाबाट संस्थापकतर्फ अग्रवालसहित विवेक दुगड, सौरभ दुगड र सर्वसाधारणतर्फ राजीवप्रसाद प्याकुरेल, प्रमिला केसी र सचिन आचार्य सञ्चालक निर्वाचित भएका थिए ।

साविकका प्राइम, गुराँस र यूनियन लाइफ मर्ज भई बनेको कम्पनीको अग्रवाल यसअघि पनि अध्यक्ष थिए । 
 

Advertisement