सामसङलगायतलाई ओझेलमा पार्नेगरी रेड्मी नोट १३ सिरिजका आकर्षक मोवाइल बजारमा

Advertisement

काठमाडौं । सामसङलगायतका मोवाइलका ब्राण्डहरुलाई ओझेलमा पार्नेगरी रेड्मी नोट १३ सिरिजका आकर्षक मोवाइलहरु नेपाली बजारमा भित्रिएका छन् । 

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले सोमबार एक कार्यक्रमको आयोजना गरी नेपालमा रेडमी नोट १३ सिरिज सार्वजनिक गरेको हो । शाओमीले यस सिरिजअन्तर्गत रेड्मी नोट १३ प्रो प्लस फाइभ जि, रेड्मी नोट १३ प्रो, रेड्मी नोट १३ सार्वजनिक गरेको छ ।

Advertisement

यी तीनै मोडेलहरुमा ग्राहकहरुले शक्तिशाली प्रोसेसर र उच्च –स्तरीय क्यामराको साथ स्मार्टफोनको नयाँ अनुभव पाउन सक्नेछन् । रेडमी १३ सिरिजमार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले भनाई छ ।

मोवाइल सार्वजनिक गर्ने क्रममा शाओमी नेपालका महाप्रवन्धक मनु मनस्वीले ग्राहकहरुलाइ अत्याधुनिक प्रविधिको अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएका यी नयाँ स्मार्टफोनहरू नेपाली बजारमा ल्याएको बताएका छन् । उनले शाओमी आफ्ना ग्राहकहरुलाई उच्च–गुणस्तरको प्रविधि प्रदान गर्न चाहन्छ भन्दै स्मार्टफोनको बजारमा नयाँ स्ट्यान्टर्ड सेट गर्न पाएकोमा आफूलाई गर्व लागेको बताए । 

‘रेड्मी नोट १३ प्रो प्लस फाइभजी’का मुख्य विशेषताहरुः
स्टाइलिश डिजाइन भएको यस रेड्मी नोट १३ प्रो प्लस फाइभजी को मोटाई ८.९ एमएम र तौल २०४.५ रहको छ । यसको ६.६७ इन्चको क्रिस्टल रेस एमोलेड कर्भ १.५ के डिस्प्लेमा २७१२८१२२० को रिजोल्युसन र १२० हर्जको रिफ्रेस रेट रहेको छ । आईपी ६८ डस्ट र वाटर रेसिस्टेन्स रेटिङको साथ आउने यो रेड्मी नोट १३ प्रो प्लस फाइभजी हेर्दा जति स्टाइलिश छ, त्यत्ति नै टिकाउ पनि छ ।

रेड्मी नोट १३ प्रो प्लस फाइभजीमा रहेको मिडियाटेक डाइमेन्सिटी ७२०० अल्ट्रा चिपसेट र ४ एनएम अक्टा–कोर प्रोसेसरले फास्ट पर्फर्मेन्स दिन्छ भने ८ जिबी प्लस २५६ जिबी र १२ जिबी प्लस ५१२ जिबीको स्टोरेज कन्फिगरेसनले ग्राहकहरुलाइ आफ्नो फाईलहरु राख्न सहजता प्रदान गर्छ । 

रेड्मी नोट १३ प्रो प्लस फाइभजीको २०० मेगापिक्सेलको मुख्य क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा र २ मेगापिक्सेलको म्याक्रो क्यामराको साथमा ग्राहकहरुले फोटोग्राफीको नयाँ अनुभव लिन सक्नेछन् । १६ मेगापिक्सेलको फ्रन्ट क्यामेराले आकर्षक सेल्फीहरू निकाल्दछ भने ओआइएस, शाओमी प्रो कट र शाओमी इमेजिङ सिस्टमले मोबाइल फोटोग्राफीको परिभाषा नै परिवर्तन गरिदिएको  छ । 

रेड्मी नोट १३ प्रो प्लस फाइभजीको ५००० एमएचको ब्याट्री भएको हुँदा आरामसँग दिनभर फोन चलाउन सकिन्छ । यसमा १२० वाटको हाइपरचार्जर उपलब्ध भएकाले चार्जिङ पनि अति छिटो हुन्छ । डुअल स्टेरियो स्पिकर र डल्बी एटमसको साथमा यस स्मार्टफोनमा इन स्कृन फिङगर प्रिन्ट पनि उपलब्ध छ ।  

रेड्मी नोट १३ प्रोका मुख्य विशेषताहरुः
७.९८ एमएमको स्लिम डिजाइन र १८८ ग्राम तौल भएको यस रेड्मी नोट १३ प्रोमा स्टाइल र कम्फर्टको नयाँ सन्तुलन कायम हुने कम्पनीले जनाएको छ । ६.६७ इन्चको एमोलेड डिस्प्ले, २४००८१८०० को रिजोल्युसन र स्विफ्ट १२० हर्ज रिफ्रेस रेटले उत्कृष्ट भिजुअल एक्स्पिरिएन्स प्रदान गर्दछ । साथै, यसमा आइपि ५४ डस्ट र स्प्ल्याश रेजिस्ट्यान्स उपलब्ध गराइएको छ भने यसमा ग्लास चाँहि कोर्निङ गोरिल्ला ग्लास रहेको छ ।

मिडिया टेक हेलियो अल्ट्रासहित आउने रेड्मी नोट १३ प्रो प्रदर्शनमा उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । त्यस्तै, युजर फ्रेन्डली एक्स्पिरिएन्सको लागि एन्ड्रोइड १३ मा आधारित तथा एमआइयुआइ १४ मा राखिएको छ । स्टोरेजको कुरा गर्नुपर्दा यो फोन ८ जिबी प्लस २५६ जिबी वा १२ जिबी प्लस ५१२ जिबी स्टोरेज भेरिएन्टमा उपलब्ध छ ।

रेड्मी नोट १३ प्रो ले तपाईंको फोटोग्राफी स्किललाई नयाँ उचाइमा पु¥याउँदछ । ओआइएसको साथ यसको २०० एमपी मुख्य क्यामेराले हरेक डिटेल कैद गर्दछ भने पृथक फोटोग्राफीको लागि ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छ । यसको १६ एमपी सेल्फी क्यामेराले सेल्फी–पोर्ट्रेटहरूमा छुट्टै चमक ल्याउँछ ।

रेड्मी नोट १३ प्रो को ५००० एमएच ब्याट्रीको साथ उत्कृष्ट ब्याट्री लाइफको अनुभव लिन पाइन्छ ।  साथमा ६७ वाट इन–द–बक्स टर्बो फास्ट चार्जर समावेश रहेको छ । यस स्मार्टफोनमा डुअल स्पिकरहरू, डल्बी एटमसको तथा इन स्क्रिन फिङ्गर प्रिन्ट पनि उपलब्ध छ । 

रेड्मी नोट १३ का मुख्य विशेषताहरुः
७.९७ स्लिम र १८८.५ ग्रामको तौलले रेड्मी नोट १३ लाई हल्का र स्ल्कि देखाएको छ । यसको आकर्षक ६.६७ इन्च एमोलेड डिस्प्ले, २४००८८१०८० को रिजोलुसन र स्मुथ १२० हर्जको रिफ्रेस रेटले इमर्सिभ भिजुअलको अनुभव सुनिश्चित गर्दछ । साथमा रेड्मी नोट १३ आइपी ५४ डस्ट र स्प्ल्याश रेजिस्ट्यान्स सहित उपलब्ध छ ।

स्न्यापड्रागन ६८५ चिपसेट राखिएको रेड्मी नोट १३ ले प्रभावकारी पर्फर्मेन्स प्रदान गर्दछ । एन्ड्रोइड १३ र एमआइयुआई १४ भएको यो डिभाइस बिना कुनै ल्याग चल्दछ । प्रयोगकर्ताहरूका लागि ६ वा ८ जिबी ¥याम रोज्न र आफ्नो आवश्यकता अनुसार १२८ वा २५६ जिबी स्टोरेज छनौट गर्ने विकल्प उपलब्ध छन् । 

रेड्मी नोट १३ को प्रभावशाली क्यामेरा सेटअपले राम्रो डिटेल प्रदान गर्दछ । रेड्मी नोट १३ मा १०८ एमपीको मेन क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छन् । साथमा यसको १६ एमपी सेल्फी क्यामेराले सेल्फीमा छुट्टै चमक ल्याउँछ ।

५००० एमएच ब्याट्री र ३३ वाटको फास्ट चार्जर भएकोले रेड्मी नोट १३ मा दिनभरी भिडियो हेर्न वा अरु काम गर्न मिल्छ । साथसाथै यस डिभाइसमा डुअल स्पिकर, डल्बी एटमस र अतिरिक्त सुरक्षाका लागि इन–स्क्रिन फिंगरप्रिन्ट सेन्सर पनि समावेश छ ।

मूल्य र अफरहरुः
रेड्मी नोट १३ मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन र आइस ब्लू कलरमा रु.२४ हजार ९९९ (६÷१२८ जीबी) र रु. २७ हजार ९९९ (८÷२५६) जीबीमा उपलब्ध छ ।

रेड्मी नोट १३ किन्दा रु. २ हजार ९९९ मूल्यको बड्स ४ एक्टीभ मात्र रु. १ हजार ६९९ को अफरमा पाउन सकिनेछ ।  

रेड्मी नोट १३ प्रो मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा रु. ३४ हजार ९९९ (८÷२५६ जीबी) र रु. ३९ हजार ९९९ (१२÷५१२ जीबी) मा उपलब्ध छ ।

undefined

Advertisement

Advertisement