महालक्ष्मी विकास बैंकको सीईओमा दिपेश लम्साल नियुक्त

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकको सीईओमा दिपेश लम्साल नियुक्त भएका छन् ।

सञ्चालक समितिको हिजो बसेको बैठकले लम्साललाई ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव सोमराज पन्तले जनाएका छन् ।

Advertisement

बैंककोे वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेका लम्साल तत्कालीन प्रमुख कार्यकारी अधिकृतको राजिनामा पश्चात संचालक समितिको निर्णय बमोजिम निमित्त प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहेका थिए ।   

आज बैंक परिवारको तर्फबाट केन्द्रीय कार्यालय, दरबारमार्गमा स्वागत कार्यव्रmम सम्पन्न गरिएको छ । उक्त कायक्रममा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुणस्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाए ।  साथै उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन समेत आग्रह गरे ।  

विगत १५ वर्ष देखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ बर्षको बैंकिङ अनुभव रहेको छ ।

सीईओ बोधराज देवकोटाले कार्यकाल बाँकी रहँदै राजीनामा दिएपछि उक्त पद खाली थियो । 
 

Advertisement