टाटा मोटर्सले भ्यालेन्टाइन एक्सचेञ्ज कार्यक्रम गर्दै, बम्पर उपहारमा आइफोन१५ पाइने

Advertisement

कठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले टाटा मोटर्स भ्यालेन्टाइन एक्सचेञ्ज कार्यक्रम ‘एक्सचेञ्ज वीद लव’ को आयोजना गर्न लागेको छ । 

माघ २७ गते शुक्रबार देखी ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरु साट्न सकिनेछ । ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस कार्यक्रमको आयोजना गरिएको हो । 

Advertisement

उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, राधेराधे भक्तपुर, वेष्टर्न मोटर्स् महाराजगंज र जे.बि. मोटर्स् बालकुमारी र उपत्यका बाहिर रुद्रप्रिया इन्टरनेशनल, नेपलगञ्ज लगायत नेपालभरी रहेका टाटाका शोरुमहरुमा आयोजना गर्न लागिएको हो । 

यस एक्सचेञ्ज वीद लव कार्यक्रममा गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा इभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा आइफोन १५ प्राप्त गर्नेछन । यस कार्यक्रमको मुख्य उदेश्य भनेको ग्राहकवर्गलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभुति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु हो ।

यस कार्यक्रमको अबसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने छन् ।  
 

Advertisement