चतुर तामाङले चढे आकानकागुवा हिमाल

Advertisement

काठमाडौं । पर्वतारोही तथा गाइड चतुर तामाङले अर्जेन्टिनास्थित आकानकागुवा हिमालको सफल आरोहण गरेका छन् । तामाङले यसअघि रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) को १४४औं पटक सफल आरोहण गरेका छन् । 

उनले मंगलबार अर्जेन्टिना समय अनुसार बिहान ९ः२० बजे आकानकागुवा हिमालको सफल आरोहण गरेका कर्पोरेट नेपाललाई जानकारी दिए । सातै महादेशका अग्ला शिखरमा मध्ये आकानकागुवा पनि एउटा हो । सातै महादेशका अग्ला शिखरहरु सगरमाथा, आकानकागुवा, माउन्ट एल्ब्रस, डेनाली, किलिमन्जारो, कास्र्टेन्स पिरामिड र माउन्ट भिन्सन हुन् ।

Advertisement

लामो समयदेखि रुसमा रहेर माउन्ट एल्ब्रसमा गाइडको काम गर्दै आएका उनले २००२ देखि एल्ब्रस चढ्न थालेका हुन् । तामाङले दुई सय पटक माउन्ट एल्ब्रस चढ्ने लक्ष्य लिएका छन् । उनले हालसम्म सगरमाथा, ल्होत्से, कञ्चनजंघा, चो ओयु, मनास्लु, अमादब्लम, बरुन्ट्से, आइसल्यान्ड पिक, मेरा पिक लगायत हिमालहरुको सफल आरोहण गरेका छन् ।
 

Advertisement