सिवाइसी लघुवित्तको नाफा ११.६० प्रतिशतले घट्यो, खराब कर्जा कति ?

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सिवाइसीको नेपाल लघुवित्तको खुद नाफा घटेको छ । गत आवको सोही अवधिमा २ करोड ३८ लाख रुपियाँ खुद नाफा कमाएको कम्पनी चालू आवको पुस मसान्तसम्म २ करोड १० लाख रुपियाँमा सीमित भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ११.६० प्रतिशतले कम हो । 

त्यसैगरी, कम्पनीको खुद ब्याज आम्दानी भने ८.५५ प्रतिशतले बढेको छ । गत वर्ष १२ करोड १४ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले पुस मसान्तसम्म १३ करोड १८ लाख रुपियाँ आम्दानी गरेको छ । 

Advertisement

गत वर्ष संस्थालेले ३ करोड ४२ लाख रुपियाँ सञ्चालन नाफा कमाएकामा यस वर्ष घटेर २ करोड ४९ लाख रुपियाँमा झरेको छ । चुक्ता पुँजी २६ करोड ६४ लाख २४ हजार रुपियाँ रहेको यसको रिटेन्ड अर्निङ र रिजर्भ कोषमा भने ३० करोड ४५ लाख रुपियाँ छ । 

समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ४.६२ बाट बढेर ४.७७ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १५.८४ रुपियाँ  र प्रतिशेयर नेटवर्थ २१४.३२ रुपियाँ रहेको छ । 

Advertisement