होटल बन्द छ, युनियनसँग सम्झौता भएअनुसार श्रमिकको व्यवस्थापनको प्रयास गर्दैछौंः अन्नपूर्ण

Advertisement

काठमाडौं । दरबारमार्गस्थित अन्नपूर्ण होटलले होटलमा क्रियाशील ट्रेड युनियनहरुसँग भएको सम्झौताअनुसार श्रमिकको व्यवस्थापनको प्रयास भइरहेको भन्दै तर होटल व्यवस्थापनमाथि झुट्टा आरोप लगाउने र अनलाइन पत्रपत्रिकामा कपोलकल्पित समाचार सम्प्रेषण भएको दावी गरेको छ । 

कर्पोरेट नेपालमा होटलका पीडित श्रमिकहरुको समाचार आएपछि उक्त समाचार खण्डनको माग गर्दै होटलले आफ्नो बचाउको प्रयास गरेको हो । कोरोना महामारीको प्रभाव सुरु भएसँगै २०७६ चैत ११ देखि होटल बन्द रहेको भन्दै होटल अन्नपूर्णले ट्रेड युनियनसँग भएको सम्झौताअनुसार श्रमिकको व्यवस्थापन के कसरी गर्ने ? भनेर प्रयास भइरहेको बेला केही श्रमिक मुद्दामामिलामा गएको, मुद्दा विचाराधिन रहेको, सो मुद्दालाई असर पर्नेगरी होटल व्यवस्थापनमाथि झुट्टा आरोपसहित समाचार सम्प्रेषण गर्ने काम भएको बताएको छ । 

Advertisement

होटलले पत्रमा भनेको छ, ‘मिति २०८० कात्तिक ३ गते र २०८० माघ ९ गते कर्पोरेट नेपाल डटकममा प्रकाशित गलत, भ्रामक र आधारहीन समाचारहरुप्रति यस होटल व्यवस्थापन पक्षको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता गलत र भ्रामक समाचारहरुले कम्पनीको इज्जत प्रतिष्ठा र नेपालको पर्यटन उद्योगमा समेत असर पर्ने हुनाले यस्ता समाचार प्रकाशन गर्नुअघि यस होटलसँग तथ्य बुझी यकिन गर्नु उचित हुने व्यहोरा अनुरोध गर्दछौं ।’ 

श्रमिकहरुले मुद्दा जितिसकोले पैसा पाउनुपर्यो भने जस्तो समाचारमा कुनै सत्यता नरहेको र सोही विषयको मुद्दा अहिले पनि न्यायालयमा विचाराधिन रहेकोले मुद्दालाई जितेको भनी भुट्टा कुरा गरिएको र मुद्दा न्यायालयमा रहेको समयमा ढिलो चाँडो न्यायिक निरुपण हुने हुनाले मुद्दाको टुंगो नलागेसम्म प्रकाशित समाचार गैरकानुनी हुने तर्क गरेको छ । 

पत्रको आशयअनुसार होटल व्यवस्थापन कानुनी अस्त्र प्रयोग गरेर भए पनि श्रमिकहरुलाई थकित र त्रसित बनाएर उनीहरुमाथिको दायित्वबाट पन्छिने, मिडियाहरुलाई पनि धम्क्याएर वा प्रेस काउन्सिलमा मुद्दा हालेर पीडित श्रमिकको पक्षमा लेख्नबाट बन्चित गर्ने रणनीतिमा जान खोजेको देखिन्छ ।    

यो पनि पढ्नुहोस्ः

अन्नपूर्ण होटलको ज्यादती, ४० बर्ष सेवा गरेका कर्मचारीलाई चार बर्षको तलब, उपदान दिन अस्वीकार

अन्नपूर्ण होटलद्धारा १४० जना कर्मचारीको २० करोड भुक्तानी गर्न ४४ महिनादेखि आनाकानीundefined

Advertisement