अन्नपूर्ण होटलको ज्यादती, ४० बर्ष सेवा गरेका कर्मचारीलाई चार बर्षको तलब, उपदान दिन अस्वीकार

Advertisement

काठमाडौं । दरबारमार्गस्थित अन्नपूर्ण होटलले होटलमा ४० बर्ष सेवा गरेका एक कर्मचारीलाई उनले पाउनुपर्ने तलब, उपदान, विदाको पैसा दिन अस्वीकार गरेको छ । 

श्रम ऐनअनुसार अवकाशपत्र दिएको १५ दिनभित्र यस्तो सबै रकम भुक्तानी गर्नुपर्नेमा होटल सञ्चालक दम्पत्ति सिर्जना मल्ल र कपिल राणाले तीन महिना बितिसक्दा समेत पाउनुपर्ने तलब सुविधा नदिएका कारण आफू बाध्य भएर न्यायका लागि श्रम कार्यालय जानु परेको शिवप्रसाद अर्यालले बताएका छन् ।

Advertisement

उनले विभिन्न बहानामा होटलमा लामो समय सेवा गरेका श्रमिकहरुमागि होटल व्यवस्थापनले ज्यादती गरेको बताउँदै त्यसको शिकार आफू पनि भएको बताए । अर्यालले भने, ‘मैले चार बर्षदेखि तलब पाएको छैन् । अवकाश पाएपछि उपदान, बिदाको पैसा समेत जोड्ने हो भने ६० लाख भन्दा बढी हुन्छ । मैले मासिक रु. २५५ पारिश्रमिकबाट यो होटलको सेवा गर्न थालेको हो । यसरी आफ्नो जीवन अर्पण गरेको व्यक्तिमाथि यसरी अन्याय होला भन्ने मैले कल्पनासमेत गरेको थिइन् । 

उनले होटलले पारिश्रमिक नदिएका कारण आफूले बाध्य भएर कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर घर चलाउनुपरेको, उक्त ऋण राफसाफ गर्नका लागि होटलबाट पत्र बनाइदिनुभन्दा समेन नबनाइदिएका कारण आफूले लामो समयदेखि अनावश्यकरुपमा ब्याज तिरेर बस्नुपरेको गुनासो गरे । 

अन्नपूर्ण होटलले झन्डै ४० जनालाई दुई बर्षअघि जागिर छोड्न बाध्य पारेर अहिलेसम्म पाउनुपर्ने सेवा सुविधा नदिएको भन्दै उनीहरुसमेत संघर्ष गर्दै आएका छन् । विरोध गर्ने होटलका श्रमिकहरुलाई राजीनामा गर्न दबाब दिने, स्पष्टीकरण सोध्ने, अरु मानसिक तनाब दिने, जागिर छोड्न बाध्य बनाइएकाहरु पूरानो तलब सुविधा माग्न आउँदा ‘पैसा छैन्, बैंकले ऋण दियो भने दिउँला’ भन्दै पठाउने गरेको पीडितहरुको भनाई छ । 

उनीहरुका अनुसार क्यासिनोसहित विभिन्न व्यवसायबाट होटलले अहिले पनि मासिक दुई करोड कमाई गर्दै आएको, तर होटलको पैसा भने चितवनमा रिसोर्ट खोल्न र छोरीलाई विदेशमा पढाउने नाममा बाहिर पठाएर श्रमिकहरुलाई नदिने गरेको भन्दै उनीहरुले होटलले नियमानुसार दिनुपर्ने आवास सुविधा, कल्याणकारी कोषमार्फत दिनुपर्ने सुविधाको रकम समेत दुरुपयोग गरी श्रमिकहरुलाई अन्यायमा पार्ने काम सिर्जना र कपिलबाट भएको गुनासो गरेका छन् । 

अन्नपूर्ण होटल दरबार हत्याकाण्डमा मारिएका राजपरिवारका सदस्यको सम्पत्ति भए पनि किर्ते गरी व्यक्तिको नाममा नामसारी गर्ने काम भएको र होटलको जग्गामा हदबन्दीको विवाद रहेको, बदनियतपूर्ण तरिकाले हिमालय बैंकबाट लिएको दुई अर्ब ऋण नतिरेको होटलमा कार्यरत श्रमिकहरुको बताउने गरेका छन् ।

पीडित अर्यालका केही प्रमाणहरुः 

undefinedundefinedundefined
 

Advertisement

Advertisement