हिमालयन रि-इन्स्योरेन्सको नाफा शतप्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म हिमालयन रि इन्स्योरेन्सको खुद नाफा बढेको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीको नाफा करिब शतप्रतिशतले बढेको वित्तीय विवरणमा उल्लेख छ । 

समीक्षा अवधिमा कम्पनीले ६० करोड २७ लाख रुपियाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा यस्तो नाफा ३० करोड १७ लाख रुपियाँ थियो । यो गत आवको तुलनामा ९९.७३ प्रतिशतले बढी हो ।

Advertisement

त्यसैगरी, कम्पनीको कुल आर्जित बीमाशुल्क १५४.६५ प्रतिशत बढेको छ भने कुल दाबी भुक्तानी ५०.९० प्रतिशतले बढेको छ । साथै, कुल आम्दानी ९२.८४ प्रतिशतले र कुल खर्च ८९.३५ प्रतिशतले बढेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । चालू आवको पुस मसान्तसम्म  कम्पनीको यस्तो आम्दानी २.८२ रुपियाँले बढेर १२.५ रुपियाँ, मूल्य आम्दानी अनुपात ४१.३१ गुणा र प्रतिशेयर नेटवर्थ १४७.३० रुपियाँ रहेको छ ।

१० अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीको शेयर प्रिमियम ३ अर्ब १८ करोड रुपियाँ, महाविपत्ति कोषमा ७ करोड ७० लाख रुपियाँ, रिटेन्ड अर्निङमा ६९ करोड २८ लाख रुपियाँ र अन्य इक्विटीमा २ करोड ४१ लाख रुपियाँ छ ।

Advertisement