चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दै अरुण भ्याली हाइड्रोपावर

Advertisement

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले फागुन १७ गतेदेखि हाल कायम चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपियाँबराबरको प्रतिशेयर १०० रुपियाँ अंकित दरमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ १५ गते बुकक्लोज गरेको थियो । कम्पनीको हकप्रद शेयरमा चैत ७ गतेसम्म आवेदन दिन सकिने बताइएको छ ।

Advertisement

यसका लागि कम्पनीले ‘केयर एनपी डबल बी माइनस इस्युअर’ रेटिङ पाएको छ । यसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । 

शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपियाँ पुग्नेछ ।

Advertisement