सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा १६ प्रतिशतले बढ्दा ईपीएस भने घट्यो

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद नाफा १५.९७ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा १७ करोड ३१ लाख ९० हजार रुपियाँ खुद नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा २० करोड ८ लाख ५४ हजार रुपियाँ नाफा गरेको छ । 

Advertisement

त्यसैगरी, कर्जा तथा लगानीबाट हुने कम्पनीको आम्दानी १७.०७ प्रतिशतले बढेर २० करोड ६३ लाख ५० हजार रुपियाँ पुगेको छ । यसका साथै, खुद बीमाशुल्क आर्जन पनि ४.३२ प्रतिशतले बढेर ७९ करोड ५९ लाख ३९ हजार रुपियाँ पुगेको छ । 

चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपियाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी ७.७९ रुपियाँले घटेर १५.३२ रुपियाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २३२.४५ रुपियाँ छ । 

Advertisement