नेपाल इन्स्योरेन्सको नाफा २३२ प्रतिशतले वृद्धि, यस्ता छन् वित्तीय सूचक

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेपाल इन्स्योरेन्सको नाफा २३२.३४ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा १४ करोड ९७ लाख ८७ हजार रुपियाँ खुद नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा ४९ करोड ७७ लाख ९७ हजार रुपियाँ नाफा गरेको छ । 

लगानी तथा कर्जाबाट उल्लेख्य मात्रामा आम्दानी बढेकाले खुद नाफा ह्वातै बढेको हो । 

Advertisement

त्यसैगरी, कम्पनीले कर्जा तथा लगानीबाट ७१ करोड ४३ लाख ५३ हजार रुपियाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १६ करोड रुपियाँ आम्दानी गरेको थियो । 

साथै, पुस मसान्तसम्म खुद बीमाशुल्क आर्जन पनि ५.९५ ले बढेर २९ करोड ६७ लाख ४४ हजार रुपियाँ पुगेको छ भने चुक्ता पुँजी १० प्रतिशतले बढेर १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपियाँ पुगेको छ । 

नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ४०.६१ रुपियाँले बढेर ६०.५५ रुपियाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ २०६.१४ रुपियाँ छ । 

Advertisement