अरुण भ्यालीको नाफा ५१ प्रतिशतले गिरावट, यस्तो छ वित्तीय अवस्था

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अरुण भ्याली हाइड्रोपावरले २ करोड ३२ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको भन्दा ५०.८८ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले ४ करोड ७३ लाख रुपियाँ नाफा कमाएको थियो । 

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानी पनि ८२.४४ प्रतिशतले घटेर ३ करोड २० लाख रुपियाँमा झरेको छ । गत आवमा कम्पनीले १८ करोड २३ लाख रुपियाँ आम्दानी गरेको थियो । विद्युत् बिक्रीमा उच्च गिरावट आउँदा कम्पनीको नाफा घटेको हो । 

Advertisement

पुस मसान्तसम्म कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि २ करोड ४० लाख रुपियाँबाट बढेर १५ करोड २९ लाख पुगेको छ । हाल अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ८६ करोड रुपियाँ छ भने जगेडा कोषमा ८ करोड २६ लाख रुपियाँ छ । कम्पनीको प्रतिशेयर आम्दानी २.४९ रुपियाँ (वार्षिक) र प्रतिशेयर नेटवर्थ १०४.४३ रुपियाँ छ ।

अरुण भ्यालीले फागुन १७ गतेदेखि १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गर्दैछ ।  यो हकप्रद शेयरमा लगानीकर्ताले चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

Advertisement