कपिलवस्तु बस दुर्घटना : १० मृतकमध्ये तीन जनाको सनाखत

Advertisement

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१, सुरही पुलनजिकै बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १० मध्ये तीनजनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरि वलीका अनुसार, सनाखत भएका मृतकमा रौतहटका ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेनाको कालीजंग गण गोरुसिंगेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारतको उत्तर प्रदेश, मुरदाबादका सकिल मुसलमान रहेका छन् ।

Advertisement

महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट २०० मिटर तल खसेको थियो ।

कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार, दुर्घटनामा ३० जना घाइते भएका छन् । तीमध्ये नौजनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए । 

Advertisement