सात महिनामा भन्सार महशुल संकलन लक्ष्यभन्दा अझै आधा कम संकलन

Advertisement

काठमाडौं । भन्सार विभागले सात महिनामा दुई खर्ब ३४ अर्ब ८२ करोड ७० लाख महशुल असुल गरेको छ ।

यो लक्ष्यभन्दा निकै कम संकलन हो । घट्दो आयातले महशुल संकलनमा असर गरेको विभागको भनाई छ । सात महिनामा सरकारले चार खर्ब १२ अर्ब ७ करोड राजश्व उठाउने लक्ष्य लिएको थियो । तर लक्ष्यको ५६.९९ प्रतिशत मात्रै राजश्व अशुल भएको हो ।

Advertisement

यद्यपि गत वर्षको तुलनामा विभागले १०.२५ प्रतिशत बढी भन्सार राजश्व असुल गरेको छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा विभागले दुई खर्ब १२ अर्ब ९९ करोड महशुल असुल गरेको थियो । 

यस बर्ष गत वर्षभन्दा २२ अर्ब बढी राजश्व असुल भए पनि आर्थिक मन्दीका कारण आयातमा निरन्तर गिरावट आएकाले भन्सार महशुल संकलनमा निकै कमी भएको हो । नेपालको राजश्वको मुख्य आधार आयात हो ।  

आयातमा सुधार नभएपछि भन्सार कार्यालमा ठूलो लक्ष्य लिएर बसेका कार्यालय प्रमुखहरु नै दबाबमा छन् । भन्सार प्रमुखहरुलाई अर्थमन्त्री प्रकाशशरण महतले राजश्वको लक्ष्य अनुसार काम गर्न दबाब दिँदै आएका छन् । 

Advertisement

Advertisement