एसीसी महिला प्रिमियर कप : सेमिफाइनल प्रवेशका लागि नेपाल मलेसियासँग भिड्दै

Advertisement

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको सेमिफाइनल प्रवेशका लागि आज नेपाल मलेसियासँग खेल्दै छ ।

मलेसियासँगको खेलमा जित हासिल गरेमा नेपाल एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेश गर्नेछ । 

Advertisement

यसअघि बुधबार कुबेतविरुद्धको खेलमा नेपाल डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार ८ विकेटले विजयी भएको थियो । 

टस जितेर ब्याटिङमा आएको कुवेतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७३ रनको योगफल खडा गरेको थियो । ७४ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको नेपालले ब्याटिङ गरिरहँदा पानी परेपछि लक्ष्य घटाइएको थियो ।

डीएलएस पद्दतिअनुसार १२ ओभरमा ५० रनको लक्ष्य नेपालले ६।५ ओभरमा दुई विकेट गुमाएर भेट्टाएको थियो ।

Advertisement