हिमालयन रि–इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हिमालयनले साधारणसभा प्रयोजनका लागि भोलि (फागुन ७) गते बुक क्लोज गर्दैछ भने एसियनले पर्सि (फागुन ८ गते) बुक क्लोज गर्दै छ । 

भोलि सार्वजनिक बिदा भएकाले शेयर कारोबार हुनेछैन । अतः यी दुई कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्ने हुन्छ ।

Advertisement

हिमालयनले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न फागुन २० गते वार्षिक साधारणसभा बोलाएको छ । 

त्यस्तै, एसियन लाइफले गत वर्षको नाफाबाट ७.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण गर्दैछ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न फागुन १८ गते वार्षिक साधारणसभा बोलाएको छ ।

Advertisement