युनाइटेड अजोडको १०.८० प्रतिशत लाभांश पारित

Advertisement

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले शेयरधनीलाई १०.२६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको ३०औं वार्षिक साधारणसभाले १०.२६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश पारित गरेको हो । 

सभाले सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को साविक अजोड र युनाइटेड अजोड इन्सुरेन्सको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको छ । त्यस्तै, चालू आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक जेबी राजभण्डारी एन्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । 

Advertisement

यसका साथै, सभाबाट सञ्चालक समिति सदस्यको निर्वाचनमा संस्थापक शेयरधनीका तर्फबाट अजाद श्रेष्ठ, प्रणवकुमार दास र बलराम खनाल निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनीतर्फ पानु दत्त पौडेल र शम्भु अधिकारी निर्विरोध निर्वाचित भएका छन् । 

दुवै कम्पनी गाभिएपछि गत जेठ १४ गतेदेखि युनाइटेड अजोड कम्पनीका नामबाट एकीकृत कारोबार सुरु भएको थियो ।

Advertisement

Advertisement