शेयर बजारमा झिनो करेक्शनः नेप्से २०३३.०६ अंकमा, तीन अर्ब ११ करोडको कारोबार

Advertisement

काठमाडौं । शेयर बजारमा झिनो करेक्शन आएको छ । बजार तल झरेसँगै कारोबार रकम समेत ३ अर्बकै हाराहारीमा समेटिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १.७६ अंकले तल झरेको हो । ०.०८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०३३.०६ अंकमा ओर्लिएको छ ।

Advertisement

आज ३१४ कम्पनीका ९३ लाख ४२ हजार ५ सय ४६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९ सय ७८.४३ रुपियाँ बराबरको कारोबार भएको हो ।

समग्र बजारमा झिनो करेक्शन देखिए पनि बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तमा पोजेटिभ सर्किट लागेको छ । दुबै कम्पनीका लगानीकर्ताहरुले १०–१० प्रतिशत नाफा कमाएका छन् ।

त्यस्तै ग्रीन लाइफ हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३१ करोड ७३ लाख ७० हजार ९ सय ९८.७० रुपियाँ बराबारको कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आइतबार २७.२१ अंकले बजार घट्दा ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १ सय ९६.१७ रुपियाँ बराबरको कारोबार भएको थियो । हिजो सोमबार भने प्रजातन्त्र दिवसको सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो ।    
 

Advertisement