सन् २०२६ सम्ममा ‘विद्युतीय मुद्रा’ परीक्षण गर्ने तयारीमा छौंः गभर्नर अधिकारी

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘डिजिटल फाउन्डेशन’ स्थापनामा पछिल्लो समय नेपालले उल्लेख्य प्रगति हासिल गरेको बताएका छन् । 

भारतको मुम्बईमा आयोजित ४३औँ सिसेन बोर्ड अफ गभर्नर्स बैठक र ५९ औं गभर्नर सम्मेलन/उच्चस्तरीय सेमिनारलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले सन् २०२६ सम्ममा ‘केन्द्रीय बैंक विद्युतीय मुद्रा’ पाइलट परीक्षण गर्ने तयारीमा रहेको जानकारी दिए । 

Advertisement

बैंकमा सन् २०२४ का निम्ति प्रस्तावित प्रशिक्षण र अनुसन्धान, बजेट, सांगठनिक नतिजा लगायतका विषयमा छलफल भई सहभागीको राय सुझावका आधारमा प्रस्तावहरु अनुमोदन भएको थियो । 

बैठकका क्रममा गभर्नर अधिकारीले भारतीय रिजर्व बैंक र नेशनल बैंक अफ कम्बोडियाका गभर्नर तथा मनिटरी अथोरिटी अफ सिंगापुरका मेनेजिङ डाइरेक्टरसँग छुट्टाछुट्दै द्विपक्षीय भेटवार्ता गरेका र्थि । सम्मेलनमा सहभागी भएर गभर्नर अधिकारी हिजो स्वेदश फर्किएका छन् ।  

राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी

 

Advertisement