नेप्से झरेर दुई हजारकै हाराहारीमाः ३ अर्ब २० करोडमा खुम्चियो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । साताको अन्तिम दिन आज पनि बजार उच्च अंकले तल झरे पछी नेप्से २ हजारकै हाराहारीमा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २०.७६ अंकले तल झरेको हो । १.०२ प्रतिशतले बजार घट्दा नेप्से २००५.८३ अंकमा ओर्लिएको हो । 

Advertisement

आज ३०९ कम्पनीका ९५ लाख १८ हजार ७५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २० करोड ६१ लख ६७ हजार २५.३७ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि समाज लघुवित्त, जोशी हाइड्रो, सामलिङ पावर, बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराईका लगानीकर्ताहरुले क्रमशः १०, ९.८७, ९.८५, ८.२४ र ५.७३ प्रतिशतले नाफा कमाएका छन् ।

त्यस्तै हिमालय उर्जाका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.६० प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको १४ करोड ८७ लाख ९७ हजार १ सय ७८.४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । हिमालयन रि को शेयर मूल्य घटेर प्रतिकित्ता रु. ६२२.५० मा झरेको छ ।

साताको पहिलो दिन आइतबार २७.२१ अंकले बजार घट्दा ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १ सय ९६.१७ रुपियाँ, मंगलबार १.७६ अंकले  बजार घट्दा  ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९ सय ७८.४३ रुपियाँ र हिजो बुधबार ६.४६ अंकले बजार घट्दा २ अर्ब २४ करोड १९ लाख ६१ ह्जार ७ सय ९९.३७ रुपियाँ  बराबरको कारोबार भएको थियो । सोमबार भने प्रजातन्त्र दिवसको सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो ।  
  
 

Advertisement