कतारी राजाको नेपाल भ्रमणमा नयाँ श्रम समझदारी हुने

Advertisement

काठमाडौं । नेपाल र कतारबीच नयाँ श्रम समझदारी हुने भएको छ । दुई दशकअघिको सम्झौतालाई प्रतिस्थापन गर्दै नयाँ समझदारी गर्न लागिएको बीबीसीले जनाएको छ । 

नयाँ समझदारी गर्न मस्यौदा तयार भएको र त्यसमा दुवै पक्ष सहमत भएको सरकारी स्रोतलाई उल्लेख गर्दै बीबीसीले जनाइएको छ । यसअघि श्रम तथा रोजगार मन्त्रालयले भने सन् २००५ कै सम्झौतालाई पुनरावलोकन गर्ने तयारी गरे कतारका राजाले नेपाल भ्रमण गर्दा नयाँ समझदारी गर्न चाहेकाले सोहीअनुसार नयाँ मस्यौदा तयार भएको हो । 

Advertisement

कतिपयले भने नयाँ समझदारीभन्दा पनि पूरानै सम्झौतालाई परिस्कृत गर्दै संशोधन गर्नुपर्ने सुझाव दिएका छन् । अर्को महिना कतारका अमिर (राजा)को नेपाल भ्रमण हुँदैछ । सोसम्वन्धमा केही साताअघि अबुधाबीमा भएको भेटमा नेपालका श्रममन्त्री र कतारी मन्त्रीबीच पनि कुराकानी भएको जनाइएको छ । 
 

Advertisement