तेस्रो त्रैमाससम्म रिलायबल लाइफ इन्स्योरेन्सको नाफा ३४ करोड

Advertisement

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स खुद नाफा गत आवको सोही अवधिको तुलनामा १९.०९ प्रतिशतले बढेको छ । कम्पनीले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार खुद नाफा बढेको हो । 

समीक्षा अवधिमा कम्पनीले ३४ करोड दुई लाख रुपियाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले २८ करोड ५७ लाख रुपियाँ नाफा कमाएको थियो । त्यसैगरी, चालू आवको चैत मसान्तसम्म कुल आम्दानीअन्तर्गत कम्पनीले तीन अर्ब ७४ करोड ७२ लाख रुपियाँ आर्जन गरेको छ । गत आवको तुलनामा यो १३.९७ प्रतिशतले बढी हो । गत आवमा यस्तो आम्दानी तीन अर्ब ३० करोड ७७ लाख रुपियाँ थियो ।

Advertisement

समीक्षा अवधिमा दुई अर्ब ९८ करोड २६ लाख रुपियाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले दुई अर्ब ७४ करोड १३ लाख रुपियाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । त्यस्तै, दुई अर्ब ७३ करोड ५७ लाख रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन दुई अर्ब ६४ करोड ५३ लाख रुपियाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ । गत आवमा प्रतिशेयर आम्दानी १३.६१ रुपियाँ रहेकोमा चालू आवमा घटेर ९.७८ रुपियाँमा सीमित भएको छ । 

चार अर्ब ६४ करोड रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीले रिटेन्ड अर्निङमा ६६ करोड ४६ लाख रुपियाँ, जीवन बीमा कोषमा नौ अर्ब २२ करोड रुपियाँ शेयर प्रिमियममा एक अर्ब ७५ करोड र महाविपत्ति कोषमा १५ करोड ४६ लाख रुपियाँ सञ्चित गरेको छ । 

यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ४४.४४ गुणा र प्रतिशेयर नेटवर्थ १५५.७४ रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement