नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीचको टी २० सिरिज पनि एक्सन स्पोर्टसमा

Advertisement

काठमाडौं ।  नेपाल क्रिकेट संघ ९क्यान०को आयोजनामा आज ९मंगलबार०देखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टी–ट्वान्टी त्रिकोणात्मक सिरिजको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडीवानबाट प्रत्यक्ष प्रसारण हुने डिशहोमले जनाएको छ । 

पछिल्लो समय नेपाली क्रिकेट टिमले त्रिवि क्रिकेट मैदानमा खेलेका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु प्रत्यक्ष प्रशारण गरिरएको डिशहोमले त्रिकोणात्मक टी–ट्वान्टी सिरिज पनि प्रशारण गर्ने सोमबार जानकारी गराएको हो ।

Advertisement

एक्सन स्पोर्टस एचडी वानबाट यसअघि नेपाल र क्यानडाबीचको सिरिजका साथै आइसीसी विश्वकप लिग टूको पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिज पनि प्रत्यक्ष प्रशारण भएको थियो ।

टी–ट्वान्टी सिरिजअन्तर्गत आज नेपालले नामिबियासँग खेल्ने छ भने भोलि बुधबार  नेदरल्याण्ड्ससँग खेल्ने छ ।
यसैगरी, फेब्रुअरी २९ मा नामिबिया र नेदरल्याण्ड्स भिड्दा मार्च १ तारिखमा नेपाल र नामिबिया दोस्रो पटक भिड्ने छन् । 

त्यसैगरी, नेपाल र नेदरल्याण्ड्सको दोस्रो भेट मार्च २ हुने छ । तीन मध्ये शीर्ष २ ले उपाधिका लागि मार्च ३ मा खेल्ने छन् । सबै खेल विहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

Advertisement

Advertisement