नेपालभित्रको भ्रष्टाचारको कारोबार विदेशमा हुन्छ, त्यसको सुचना पाउनै गाह्रो छः अख्तियार प्रमुख

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालभित्रको भ्रष्टाचारको कारोबार नेपाल  बाहिर हुने गरेको दोहोर्याएका छन् । 

मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा उनले नेपाल बाहिर हुने भ्रष्टाचारको कारोबारको सूचना पाउन धेरै मुश्किल भएको बताए । राईले भने, ‘करप्सनको क्षेत्र नेपालभित्र होइन, बाहिर गएर डिलिङ हुन थालेको छ । ती देशबाट सूचना प्राप्त गर्न समस्या छ ।’

Advertisement

उनले नेपालले अरु देशहरुसँग पारस्परिक कानुनी सहायतासम्बन्धी द्विपक्षीय समझदारी नगरेकाले ती देशका निकायहरुले सूचना दिन अस्वीकार गर्नेगरेको बताउँदै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरीदसम्बन्धी सूचनाहरु अरु देशका निकायसँग लिनुपर्ने तर त्यस्तो समझदारी नहुँदा लिन नसकिएको बताए । 

राईले वाइवडबडी जहाज खरीद सम्वन्धमा अनुसन्धान अन्तिम चरणमा पुगेको बताए । विदेशका धेरै निकायमा सूचना लिन पत्राचार गरे पनि सुचना नपाएको बताउँदै उनले भने, ‘सरकारले चाँडो भन्दा चाँडो हामीलाई आवश्यक पर्ने देशसँग बाइल्याटरल एग्रिमेन्ट गर्नुपर्छ । त्यो गरिसकेपछि संसदबाट अनुमोदन गरिनुपर्छ । अहिलेसम्म एउटा देशसँग भएको होला । त्यो पनि संसदबाट अनुमोदन भएको छैन् ।’

Advertisement

Advertisement