सडक दस्तुर नतिर्ने ६ कम्पनीलाई ३५ दिनभित्र तिर्न बाेर्डको अल्टिमेटम

Advertisement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक बोर्ड नेपालले ६ कम्पनीलाई सडक दस्तुर बुझाउन निर्देशन दिएको छ । 

बोर्डले विभिन्न फर्म तथा निर्माण व्यवसायीबीच सडक उपभोग दस्तुर संकलनार्थ भएको सम्झौताअनुसार बुझाउन बाँकी रहेको दस्तुर, मासिक किस्ता, हर्जना आदि ३५ दिनभित्र बुझाउन निर्देशन दिएको हो । 

Advertisement

फर्म तथा निर्माण व्यवसायीलाई पटकपटक पत्राचार गरी रकम बुझाउन आग्रह गर्दासमेत बेवास्ता गरेको बोर्डको भनाइ छ । 

निर्धारित समयभित्र बोर्डको खातामा रकम (ब्याज लाग्ने भए सोसहित) जम्मा नभएमा कारबाहीको प्रक्रियासमेत अघि बढाइने बोर्डले जनाएको छ । 


undefined

Advertisement

Advertisement