लघुवित्त र हाइड्रोको ३२ लाख १३ हजार कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ?

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ३२ लाख १३ हजार ५००.२५ कित्ता बोनश शेयर सूचीकृत भएको छ । एक हाइड्रो र एक लघुवित्तको बोनस शेयर आज सूचीकृत भएको हो । 

यसैक्रममा यूनिभर्सल पावर कमपनीले शेयरधनीहरुलाई प्रदान गरेको ८.५५ प्रतिशत बोनस बापतको १७ लाख ९५ हजार ७ सय ९९.२५ कित्ता शेयर सूचीकृत भएको हो । 

Advertisement

त्यस्तै छिमेल लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको ५ प्रतिशत बोनस बापतको १४ लाख १७ हजार ७ सय १ कित्ता शेयर आजै सूचीकृत भएको नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement