निर्जीवन बीमाः १७ लाख २ हजार बीमालेख, मोटर बीमा सबैभन्दा बढी, हवाई ७३ वटामात्रै (सूचीसहित)

Advertisement

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुले विभिन्न शीर्षकमा जारी गरेका बीमालेख मध्ये सबैभन्दा बढी मोटर बीमालेख र सबैभन्दा कम हवाई बीमालेख जारी गरेका छन् । 

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको माघ महिनासम्म कूूल १७ लाख २ हजार ९ सय ८७ वटा बीमालेख जारी भएको छ । 

Advertisement

जसमध्ये सबैभन्दा बढी १० लाख ४ हजार ६सय ६८ वटा मोटर बीमालेख र सबैभन्दा कम हवाई बीमा ७३ वटा जारी भएको छ । 

त्यस्तै सम्पत्ति बीमालेख २ लाख ९५ हजार ७ सय ३१ वटा, सामुद्रिक बीमालेख १ लाख ६९ हजार ३ सय ८१, मोटर इञ्जिनियरिङ तथा ठेक्का बीमालेख १३ हजार ८ सय ७०, विविध ९१ ह्जार ३ सय ६१, कृषि तथा बाली ८४ हजार ३० र लघुुबीमा सम्बन्धी ४३ हजार ८ सय ७३ वटा बीमालेख जारी भएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै उक्त बीमालेखहरुबाट कूल २२ अर्ब ४६ करोड बीमा शुल्क आर्जन भएको छ । 

जसमध्ये सम्पत्ति बीमातर्फ ५ अर्ब ५० करोड, सामुद्रिकतर्फ १ अर्ब १८ करोड, हवाईतर्फ १ अर्ब ४० करोड, मोटरतर्फ ७ अर्ब २९ करोड, इञ्जिनियरिङतर्फ ३ अर्ब २० करोड, विविधतर्फ २ अर्ब ६७ करोड, कृषि तथा बालीतर्फ १ अर्ब १० करोड र लघुतर्फ ८ करोड २३ लाख बीमा शुल्क संकलन भएको प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।  

हाल १४ वटा निर्जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन लघुवित्त कम्पनी सञ्चालनमा छन् । 

undefined
 

Advertisement