लघुवित्त तथा मिटरब्याज पीडितका नेतासहित एक दर्जन बढी पक्राउ

Advertisement

काठमाडौं । प्रहरीले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहित १३ जनालाई पक्राउ गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनी पक्राउ परेका हुन् । 

न्याय माग्दै हप्तौं लामो पैदल मार्चपछि राजधानी आएका पीडितहरुले बुधबार बिहान प्रदर्शन गरेका थिए । कुशवाह लघुवित्त तथा मिटरब्याज पीडितको तर्फबाट वार्ता गर्न बनाइएको टोलीको संयोजक पनि हुन् ।

Advertisement

पक्राउ पर्नेमा ४ जना महिला र ९ जना पुरुष रहेको र अहिले प्रहरी वृत्त, मालीगाउँमा राखिएको प्रहरीको भनाई छ । पीडितहरुलाई आज भृकुटीमण्डपबाट बाहिर निस्किन समेत प्रहरीले अवरोध गरेको थियो । 


पीडित र सरकारी पक्षबीच कुराकानी भइरहे पनि अहिलेसम्म कुरा मिल्न सकेको छैन् । यही विचमा सरकार परिवर्तन हुँदा उनीहरुको माग झन अन्योलमा परेको छ । 

Advertisement

Advertisement