सशस्त्र प्रहरीको स्टोरमा भीषण आगलागी, ठूलो मूल्यको लत्ताकपडा, जुत्ता, मण्डी, म्याट्रेस नष्ट

Advertisement

काठमाडौं । सशस्त्र प्रहरीको सतुंगलस्थित केन्द्रीय स्टोरमा भीषण आगलागी भएको छ । लत्ताकपडालगायतका सामान राखिएको स्टोरमा आगलागी हुँदा ठूलो धुवाँको मुस्लो देखिएको थियो । 

चार वटा दमकलसहित सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् । आगलागीको कारण खुल्न सकेको छैन् । आगलागीपछि सशस्त्रको स्टोर नजिकका त्रसित भएका थिए । 

Advertisement

आगलागीले स्टोरमा रहेको करोडौं मूल्यको लत्ताकपडा, जुत्ता, मण्डी, म्याट्रेसलगायतका सामानहरु नष्ट भएको अनुमान गरिएको छ । विद्युत सर्ट भएर आगलागी भएको सशस्त्र प्रहरीको अनुमान छ । यसअघि सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको महत्वपूर्ण कागजात राखिएको स्टोरमा समेत आगलागी भएको थियो ।

Advertisement

Advertisement