दाहाल सरकारका नयाँ मन्त्रीहरुको आजै सपथ, कति पुग्यो मन्त्रीको संख्या ? जसपा आनाकानी गर्दै

Advertisement

काठमाडौं । नयाँ सत्ता गठबन्धनका नयाँ मन्त्रीहरुले आजै (बुधबार) सपथ खाने भएका छन् । दलहरुबीच भागबन्डा मिलेपछि पार्टीहरूबाट सिफारिस गरिएकाहरुलाई आजै मन्त्री पदको सपथ खुवाउन लागिएको हो । 

आज अपरान्ह ५ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ । आज दाहालले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथ खाने वातावरण बनाएका हुन् । यसअघि तीन जनाले सपथ खाइसकेका छन् । 

Advertisement

मन्त्रालय तोकिएका १७ जना नयाँ मन्त्रीहरुमा सबैभन्दा धेरै नेकपा एमालेबाट छन् । एमालेबाट रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला मन्त्री, हरि उप्रेती, रक्षामन्त्री, भगवती चौधरी, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री, राजेन्द्र राई, खानेपानी मन्त्री, दामोदर भण्डारी, उद्योगमन्त्री, ज्वालाकुमारी साह, कृषि  तथा पशुविकास मन्त्री, बलराम अधिकारी, भूमि व्यवस्थामन्त्री भएका छन् । 

त्यस्तै, माओवादी केन्द्रबाट नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्रमन्त्री, वर्षमान पुन, अर्थमन्त्री, शक्ति बस्नेत, उर्जाm जलस्रोत तथा सिंचाईमन्त्री, रेखा शर्मा, सुचना तथा सञ्चारमन्त्री, हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका छन्.। 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री, डीपी अर्याल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री, सुमना श्रेष्ठ, शिक्षामन्त्री भएका छन् ।  

मधेस केन्द्रीत दल जनता समाजवादी पार्टी भने सरकारमा जान आनाकानी गरेको छ । जसपा नजाँदा अहिलेको गठवन्धनलाई बहुमत पुर्याउन निकै सकस हुनेछ । त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्त पार्टी, जनमोर्चा नेपाल सरकारमा जाने अहिले टुंगो छैन् । गणतन्त्रविरुद्ध आन्दोलनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसअघि नै सरकारमा नजाने बताइसकेको छ ।  

Advertisement